दाहाल–नेपाल समूहद्वारा स्थायी समितिबाट सुवास नेम्वाङ निलम्बन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई पार्टीको स्थायी समितिबाट निलम्बन गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको उक्त समूहको स्थायी समितिको बठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयलाई त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको नेकपा स्रोतले जनाएको छ । सो बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया