बुढगाईको बाटो भएर तस्करी बढ्यो

पर्सा । जिल्लाको सिमावर्ती बुढगाई नाकाबाट खाद्यान्न लगायतका सामाग्रीको तस्करी बढेको छ । बुढगाईको बाटो भएर भारतको सिकटा बजारबाट अबैध रुपमा भन्सार छली विभिन्न सामाग्री ल्याउने क्रम बढेको हो । बिहान र रातीको समयमा भारतको सिकटा, सडकियाटोला, मिलपर्सा बलथर र नेपालको भिस्वा, जयमंगलापुर, तुल्सीवर्वा,लंगडी, पोखरिया, हरिहरपुर बिर्ता, भेडिहारी लगायत ठाउँका व्यक्तिहरुको मिलोमतोमा तस्करी भईरहेको बताइएको छ । सिकटा बजारबाट कपडा, कस्मेटिक सामान, चिनी, खानेतेल ब्रान्ड , धान, चप्पल, किरानाका समानहरु को बढि मात्रामा तस्करी भईरहेको छ । त्यस्तै, मटर, छोकडा, मरिच, सुपरीडराम, स्याउ र रक्सीको तस्करी भइरहेको छ ।

उक्त सामाग्रीहरु मोटरसाईकल, साईकल र पैदल टाउकोमा ल्याइ नेपाल भित्र्याएर नेपालको भिस्वा र बुढगाई जयमंगलापुरबाट मोटरसाईकलमा लोड गरि प्रसाशनलाई नजराना दिएर भित्र्याउने गरिएको बताइन्छ । भारत र नेपालको पोखरिया, महुवन, बिरगंज, जितपुर, रंगपुर लगायतको ठाउँमा तस्करीको समान पुग्ने गरेको छ । तस्कर सक्रिय भएपनि प्रहरी सक्रिय हुन नसकेको स्थानीय आरोप छ । सिमामा रहेको भिस्वा, र बुढगाई नाकामा तस्करहरु सँग जिल्ला प्रहरी कार्यलय पर्सा र प्रदेश २ प्रहरीको नाममा समेत नाजराना उठाउने गरिरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया