प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बुधवार पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । फागुन २३ गतेदेखि शुरू हुने प्रतिनिधिसभा अधिवेशनको रणनीति तय गर्न बैठक बस्न लागेको हो । आज दिउँसो १ बजे बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गराइएको अविश्वासको प्रस्ताव, अन्य दलसँग गरिने सहकार्य, पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगमा विचाराधीन विषयमा समेत छलफल हुने जनाइएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् ।

प्रतिक्रिया