फिल्म ‘गोर्खा वारियर २’ घोषणा

काठमाडौं । निर्देशक मिलन चाम्सले नयाँ फिल्म ‘गोर्खा वारियर २’ घोषणा गरेका छन् । फिल्म ‘गोर्खा वारियर नबन्दै निर्देशक चाम्सले यसको सिक्वेल घोषणा गरेका हुन् । धेरैले फिल्मले राम्रो सफलता प्राप्त गरेपछि मात्र सिक्वेल घोषणा गर्ने गर्छन् । तर निर्देशक चाम्सले मंगलवार काठमाडौंको एक होटलमा एक कार्यक्रमको आयोजना गरी ‘गोर्खा वारियर’ को सिक्वेल को घोषणा गरेका हुन् । अनौठो लाग्ला तर फिल्मको पहिलो पार्टभन्दा अगाडि दोस्रो पार्ट बन्ने भएको छ ।

फिल्म गोर्खा वारियर २ को लागि फागुन २७ गतेबाट छायांकनमा जाने बताइएको छ । फिल्म मलेशिया, बेलायत र नेपालको सोलुखुम्बुमा छायांकन हुनेछ । वीर गोर्खालीहरुको कथामा बन्ने यस फिल्ममा मा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारी गरिएको जनाइएको छ ।

प्रतिक्रिया