तेस्रो चरणको खोप २३ फागुुनबाट

मोरङ । जिल्लामा तेस्रो चरणको कोरोना खोप अभियान कार्यक्रम यही २३ फागुनबाट सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङद्वारा विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा तेस्रो चरणको खोप कार्यक्रममा ५५ वर्ष उमेर माथिका तथा सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरूलाई लगाउने व्यवस्था मिलाइएको जानकारी गराइयो । तेस्रो चरणअन्तर्गत १ लाख ३५ हजार ४ सय ३९ जनालाई खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख डा. सुरेश मेहताले बताए । उनले खोप पूर्णरूपमा सुरक्षित रहेको जानकारी दिँदै ढुुक्क भएर खोपको प्रयोग गर्न आग्रह गरे । खोप जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रबाट लगाइने व्यवस्था गरिएको छ । खोपका लागि आवश्यक दक्षता प्रदान गर्न २० देखि २२ फागुनसम्म भ्याक्सिनेटरहरूलाई तालिमको व्यवस्था गरिने भएको छ ।

सम्पूर्ण स्वास्थ्य केन्द्रमा २२ फागुनसम्म खोप पु¥याउन आवश्यक व्यवस्था गरिएको डा. महेताले जानकारी दिए । मोरङ जिल्लामा पहिलो चरण अन्तर्गतको खोप कार्यक्रम गएको १५ देखि २४ माघ सम्ममा कोसी कोभिड अस्पताल, रंगेली अस्पताल, मंगलबारे अस्पताल, नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङ होम, विराट वृद्ध आश्रम र मोरङ कारागारबाट ५ हजार ८ सय ५९ जनालाई खोप दिएको थियो ।

यसैगरी दोस्रो चरणअन्तर्गत खोप कार्य गएको १ देखि १० फागुनसम्म कोसी कोभिड अस्पताल, रंगेली अस्पताल, मंगलबारे अस्पताल, पालिकाहरूको स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रहरी कार्यालय, मोरङ, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, परिवार नियोजन संघ मोरङ र वीरेन्द्र सभा गृहमा गरी ५ हजार ३ सय ३४ जनालाई लाइएको थियो ।मोर ङ जिल्लामा पहिलो र दोस्रो चरणमा गरी जम्मा ११ हजार १ सय ९३ जनालाई ९२ दशमलव प्रतिशत पाँच प्रतिशत प्रगति भएको खोप अधिकृत राम नन्दनले जानकारी दिए ।

प्रतिक्रिया