सुनकोसी–मरिण ड्राइभसर्नको शिलान्यास हुँदै

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण ड्राइभसर्नको काम सुरु हुने भएको छ । सुनकोसी नदीको पानी १३ किलोमिटर सुरुङबाट मरिण हुँदै वाग्मतीमा मिसाई तराईमा सिँचाइको व्यवस्था मिलाउने गरी आयोजना निर्माण गर्न लागिएको हो । २० फागुन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको निर्माणस्थल कमलामाई नगरपालिका–२ को कुसुमटारमा शिलान्यास गर्ने नेकपा सिन्धुलीका अध्यक्ष प्रदीप कटुवालले बताएका छन् । सुनकोसी नदीको पानी मरिण हँुदै वाग्मतीमा मिसाई तराईमा सिँचाइको व्यवस्था मिलाउने गरी आयोजना निर्माण सुरु गरिएको उनले बताए ।

सरकारको साढे आठ अर्ब लगानीमा बन्न लागेको बहुउद्देश्य आयोजनाले सिन्धुली जिल्लालाई विशेष फाइदा पुग्ने सिन्धुलीका वुद्धिजीवी सागरकुमार ढकालले बताए । मरिण क्षेत्र जिल्लाको अन्नभन्डार भएकाले आयोजना निमार्णसँगै उक्त क्षेत्रमा सिँचाई हुने र उत्पादन बढी हुने ढकालले बताए । १ मिनेटमा ६७ वटा एक हजार लिटरका ड्रम भरिने गरि सुनकोसी नदीको पानी ल्याइने लक्ष राखिएको छ । उक्त आयोजनाले जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम गरिसकेको छ । आयोजना निमाण सुरु भएको २७ महिनामा सम्पन्न गरिने आयोजनाको जिल्ला प्रमुख विष्णु केसीले बताए ।

प्रतिक्रिया