सुनथराली विमानस्थसम्म केवुलकार बन्ने

कालिकोट । जिल्लाको एकमात्र सुनथराली विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुग्न लाग्दा केवुलकारका लागि प्रारम्भिक अनुगमन गरिएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पहलमा नरहरीनाथ गाउँपालिकाको सुनथराली विमानस्थलदेखि सदमुकाम मान्मको कोटदरवार क्षेत्र सम्म जोड्ने केवुलकारको मंगलबार स्थलगत अनुगमन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी कालिकोटका युवा नेता खेम बहादुर सिंह (भिजन) सहित प्राविधिक टोलीले मंगलबार कोटदरवार र सुनथरालीमा प्रारम्भिक अनुगमन थालेको छ ।

सुनथराली विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै केवुलकारका लागि मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको ठूलो पहलमा केवुलकार बन्न लागेको बताए । निर्माण सुरु गरेको ३५ वर्ष बितिसक्दासमेत कालिकोटको एकमात्र सुनथराली विमानस्थलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

राजनैतिक खिचातानिका कारण ३५ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको विमानस्थलको निर्माण कार्य धमाधम भइरहेको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टका अनुसार अहिले सडक गाउँपालिकासम्म पुगिसक्यो । विमानस्थलका लागि पनि सडक मर्मत सुधारको कार्य भइरहेको छ ।

उनले सुनथराली विमानस्थलमा हाल घेरबार, टावर, फिल्ड कालोपत्रे लगाएतका काम भरहेको बताए । नरहरीनाथ गाउँपालिकाको सुनथारली विमानस्थल जान सदमुकाम मान्मबाट यातायातको सुविधामार्फत २ घण्टाभन्दा बढी लाग्छ । सदमुकाम मान्मबाट सुनथराली जानुभन्दा यहाँका नागरिकहरु सुर्खेत गएर जहाज चड्छन ।

नागरिकहरुलाई समस्या नहोस् भन्नका लागि मुख्यमन्त्री शाहीको पहलमा केवुलकार बन्ने भएको हो । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले गरेको प्रयासले नागरिकहरुले केवुलकार चड्न र देख्न पाउने भएका छन् ।

मंगलबार इकोइन्फ्रा बिल्डर प्राइभेट लिमिटेडका कर्मचारी तथा प्राविधिकसहितको टोलीले केवुलकारका लागि उत्तम स्थान हेर्न कोटदरवार क्षेत्र र सुनथारली विमानस्थलसम्म पुगेका छन् ।

विमानस्थल बनेसँगै नागरिकहरुले केवुलकार बन्ने खवर पाएपछि हर्षित देखिएका छन् । २०४२ सालमा शिलान्यास गरि निमार्ण थालिएको विमानस्थल २०७७ मा काम विमानस्थलको कार्य सम्पन्न हुने गाउँपालिका अध्यक्ष विष्टले बताएका । यसभन्दा पहिले २०७३ साल माघ २९ गते सुनथराली विमानस्थलमा सफल परीक्षण उडान गरिएको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया