‘राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गर्न माग गरेका छन् । प्रतिबन्धित विप्लवसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले कसैलाई पनि निषेध गर्न नहुने टिप्पणी गरे ।

उनले लेखेका छन्, ‘नेकपा माओवादी विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो । यदि साँच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौं ।’ मंगलवार सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

प्रतिक्रिया