डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री सुरु

काठमाडौ । नेपालका लागि एक्स्कर्स मेसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ । नयाँ मेसिनमा अत्याधिक कार्यक्षमता सहित डिजाईन अरुभन्दा फरक रहेको छ । सो मेसिनमा काम गर्न सजिलोका लागि ठूलो क्याबिन बनाइनुका साथै फ्यूल इफिसेन्सीमा विशेष ध्यान दिएको छ ।

मेसिनमा डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी विशेष आकर्षक बनाइएको, रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका लीड लाइटहरु प्रयोग गरिएको, त्यस्तै अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको,अगाडि र पछाडि दुबैतिर क्याबिनको झ्याल खोल्न सकिने र स्टेरिङ्ग चलाउँदा एडजस्ट गर्न सकिने पावर स्टेरिङ्ग पनि दिइएको छ ।

मेसिन सहजै संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मेसिन बजारमा उपलब्ध मेसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका विजनेस हेड कुलदीप घिमिरेले बताएको पनि विज्ञप्तिमा उल्लेख छ । डीजीम्याक्स थ्रीइ चौथो जेनेरेसन फिचर्समा आधारित छ । इक्युपमेन्ट मोनिटरिङ सिस्टम जडान भएको हुँदा अपरेटरले मेसिन संचालनको क्रममा मसिनको बारेमा सम्पूर्ण जानकारी पाउने छन् । मेसिनको अपरेशन खर्च कम लाग्ने भएकाले ब्याक्होलोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट शेयर बढ्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा एक्स्कर्सको करिव १ हजार १ सय युनिट भन्दा पनि बढी मेसिन छन् । आइएमई अटोमोटिम्स प्रालिले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रि वितरण गर्दै आएका छन ।

प्रतिक्रिया