आलिया भट्टले खोलिन् नयाँ कम्पनी, के हाे कम्पनी ?

काठमाडाैं । बलिएड अभिनेत्री आलिया भट्टले प्रोक्सन कम्पनी खोलेकी छन्। उनले कम्पनीको नाम इटर्नल सनसाइन प्रोडक्सन राखेकी छन्। आलियाले अभिनयसँगै अब फिल्म निर्माणको कामसमेत गर्नेछिन्। उनले कम्पनीको लोगोमा दुई वटा बिरालो राखेकी छन्। उनलाई बिरालो मन पर्ने जनावरसमेत हुन्। आलियाले आफ्नो कम्पनीबाट नयाँ फिल्म बनाउने उद्घोषसमेत गरेकी छन्।

उनले ट्वीटरमार्फत् आप्नो कम्पनीबाट बन्ने पहिलो फिल्म डारलिङ्स हुने बताएकी छन्। यो फिल्मलाई आलियासँगै शाहरुख खानले पनि लगानी रहनेछ। फिल्ममा आलिया भट्टसँगै सेफली साह, विजय बर्मा, रोशन मथिव अभिनय र जशमितले निर्देशन गर्नेछन्।

प्रतिक्रिया