महेश स्मृति भलिबलको उपाधि विधान स्पोर्ट्सलाई

पोखरा । विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाले स्वर्गिय महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विधान स्पोर्ट्स हाउस पुरुषतर्फ च्याम्पियन बनेको हो । महिलातर्फ अर्चलबोटले यजु युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल को थियो ।

चौथो सेट चलिरहँदा वर्षाका कारण शनिबार खेल नभएपछि आइतबार भएको फाइनलमा विधान स्पोर्ट्स हाउसले गल्कोट बाग्लुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । शनिबार गल्कोट बाग्लुङले २ तथा विधान स्पोर्ट्स हाउसले एक सेट जितेको थियो । एकपक्षीय खेलमा विधान स्पोर्ट्सले २५–२०, २५–१८ र २५–२२ को सहज जित निकाल्यो ।

उपाधिसँगै विधान स्पोर्ट्सले ८० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएको गल्कोट बाग्लुङले ५० हजार हात पा¥यो । युनाइटेड पोखरा क्लब कास्कीको आयोजनामा १२ देखि १५ फागुनसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतियोगितामा पुरुषतर्फ १४ तथा महिलामा ६ टोलीको सहभागिता रहेको थियो । विजयी खेलाडीलाई नवीन गुरुङ र स्वर्गीय महेश खड्काका पिता तुल बहादुर खड्काले पुरस्कृत गरे ।

प्रतिक्रिया