प्रेस संगठन नेपाल कर्णालीको टुंगो लाग्यो

कालिकोट । नेकपा माधव–प्रचण्ड पक्षिय प्रेस संठगनको कर्णाली प्रदेशका १० वटा जिल्लामा टुंगो लागेको छ । असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको जितपछि माधव–प्रचण्ड पक्षिय नेकपा निटक प्रेस संगठनको टुंगो लाग्न भने ढिलाई भएको थियो ।

सर्वोच्व अदालतको निर्णयपछि देशभर उत्सव मनाइरहेका माधव–प्रचण्ड पक्षका कार्यकर्तासहित संगठनहरु पनि उर्जाशिल बनाउन लागिपरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठनको कर्णाली प्रदेशका १० वटै जिल्लामा टुंगो लागेको हो ।

प्रेस संगठन नेपाल कालिकोटको संयोजकमा खडानन्द अधिकारी, सह संयोजकमा विरेन्द्र आचार्य, प्रेरणा कुमारी विश्कर्मा र सचिवमा कर्ण कुमाल चयन भएका छन् ।

यस्तै, प्रेस संगठन नेपाल कर्णाली प्रदेश सदस्यमा हस्त चौलागाँई, अनन्त बराल, राधिका बराल, कृष्ण धमला, दिलिपकुमार शाही, अशोककुमार सिंह, रत्नबहादुर कार्की, अर्जुन भट्टराई, भानुभक्त बराल, मोनिका बोहोरा प्रदेश सदस्यमा चयन भएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया