२५ किलो चाँदी सहित एक युवा पक्राउ

काठमाडौं । प्रहरीले २५ किलो चाँदी सहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । भन्सार छली ल्याउदै गरेको चाँदीका गहना सहित प्रहरीले वीरगंज महानगरपालिका ९ स्थित शुभलाभ गहना पसलमा लुकाई राखेको करिब २५ केजी २ सय ६४ ग्राम विभिन्न प्रकारका चाँदीका गरगहनाहरु सहित सोही पसलमा काम गर्ने वीरगंज महानगरपालिका १५ भेडियाई टोल बस्ने २० बर्षीय विराट सराफलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा अवैध रुपमा भारतबाट राजश्व छली गरी ल्याएका विभिन्न प्रकारका चाँदीका गरगहनाहरु लुकाई राखेको भन्ने उजुरी पछि प्रहरीले पसल तलासी गर्दा उक्त परिमाणको चाँदीका गरगहना फेला पारी सराफलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया