मत-विमत

स्वस्थानी व्रतकथाको चिरफार

सागर गुरागाँई २०७७ फागुन १६ गते ६:३८ मा प्रकाशित

सागर गुरागाँई

कुनै पनि वस्तु, स्थान र घटनामा रहेका असल पक्षलाई नकार्नु र बुझ्ने प्रयास नै नगरी मान्नु दुवै अन्धविश्वास हुन् । मानिसका क्रियाकलापद्वारा नै समाज विकसित हुन्छ । समाजका आवश्यकताअनुसार नै संस्कृतिको पनि विकास भएको हुन्छ । समाजमा भएका विभिन्न किसिमका क्रियाकलाप र संस्कृतिहरूले समाजलाई एकताको सूत्रमा बाँध्न सक्छ ।

स्वस्थानीको व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्छ । यो स्कन्धपुराण, केदारखण्डको माघ महात्म्यका रूपमा रहेको एउटै अध्यायमा समेटिएको कथा हो, जसलाई यहाँ ३१ अध्यायमा विस्तार गरिएको छ । शब्दका हिसाबले ‘स्वस्थानी’ अर्थ यसप्रकार गर्न सकिन्छ : ‘स्व’ भनेको आफू हो । यसले आफू, आफ्नो आफन्त, धन–सम्पत्ति र सुख–ऐश्वर्य, सम्पूर्ण चराचर जगत भन्ने पनि जनाउँछ । ‘स्थानी शब्दको अर्थ हुन्छ, ‘स्थानको’ । समष्टिमा स्वस्थानी भन्नाले ‘आफ्नो र आफन्तको’ भन्ने अर्थ बहन गर्छ । नेपाली समाजमा कथा परम्पराको एउटा सनातन र लोकप्रिय परम्परा स्वस्थानी व्रतकथा निर्विवादित र आलोचनारहित भने छैन ।

अधिकारमुखी चेतनाको विकाससँगै सांस्कृतिक चेतना नहुर्केको हुनाले यस्तो भएको हुनुपर्छ । सार ग्रहण गर्न, आधारको संरक्षण र सम्मान गर्ने, आफूलाई विकसित र परिमार्जन गर्ने विषयलाई त्यस रूपमा बुझ्न नसक्दा यहाँ अलमल, द्विविधा रहनु स्वाभाविकै हो । यस कथामा अनेकौँ उपकथा छन् । दोस्रो अध्यायमा पृथ्वीको सृष्टि भएको विषय पत्यारलाग्दो देखिँदैन तर यसमा चौध भुवन, सात समुद्र, सात द्वीप, आठ पर्वतका विषयमा उल्लेख गरिएको छ । सबै समुद्र र द्वीपका विशेषता उल्लेख गरिएको छ । सृष्टिसम्बन्धी प्राचीन बुझाइबारे बुझ्नका लागि यो महत्वपूर्ण सामग्री हो यो । स्वस्थानीबारे बुझ्न ‘स्वस्थानी व्रतकथा को शाब्दिक अर्थ र यसमा वर्णन गरिएका पात्रहरूवारे जान्न आवश्यक देखिन्छ । यसका मुख्य पात्रहरू ब्रह्मा, विष्णु, महादेव, पार्वती–सती, दक्ष प्रजापति, विरणी, शिव शर्मा, गोमा हुन् । यिनकै कथा वर्णनभित्र अन्य पात्र र उपकथाहरू छन् ।

कथामा वर्णन गरिएका पात्र (व्यक्तित्व)बारे घोत्लि“दा मात्र यसलाई ठीक ढंगले बुभ्mन सकिन्छ । विष्णु भनेका श्रीसम्पन्न व्यक्तित्व हुन् । त्यसैले विष्णुलाई भगवान् (ऐश्वर्ययुक्त) भनिएको हो । विष्णुको अर्थ व्यापक हो भने विष्णुको पर्यायवाची शब्द हो, ‘सनातन’ । सनातन भनेको सीमारहित, अनादि, अविनाशी (वीजतत्व), धर्म आदि हो । सर्वव्यापकतामा नै ऐश्वर्य सम्भव हुन्छ । ऐश्वर्यको कुनै खास वा सीमित स्थान हु“दैन । ऐश्वर्य प्राप्त गर्न कुनै स्थान, कुनै समय, कुनै खास वस्तु निर्धारित हुँदैन । ऐश्वर्यको स्थान, काल, विषय असीम हुन्छ । यसै भएकाले विष्णु (व्यापक) र लक्ष्मी (ऐश्वर्य, श्री) स“गै हुन्छन् । सृष्टि वर्णनमा आउने अर्को नाम हो– मधुकैटभ अर्थात् मधु र कैटभ । यसरी उल्लेख गरिएका नामहरू उनीहरूको गुणविशेषता हुने हु“दा तदनुसारकै अर्थमा बुझ्न आवश्यक छ । उनीहरू समुद्रमा रहेको त स्पष्ट नै छ । मधु भनेको मीठो हो भने कैटभ भनेको विषाक्त वा कीटाणु भक्षण गर्ने भनिएको हो । सृष्टि मधु (अमृत) र कूट (विष) अर्थात्, सकारात्मक–नकारात्मक, अनुकूल–प्रतिकूलको योग हो । सृष्टिका सबै कुरा सबैलाई उस्तै नहुन सक्छ भन्ने आसय व्यक्त भएको देखिन्छ । सृष्टिका आधारलाई कर्ताका रूपमा ब्रह्मा देखाइएको छ । ब्रह्मालाई चार मुख टाउका भएको देखाइएको छ ।

कतिपयलाई चार जात, भनेको सामाजिक वर्ण ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र हो भन्ने भ्रम छ । कर्मका आधारमा यसमा परिवर्तन भएका अनेकौँ उदाहरण पुराणमा पढ्न सकिन्छ । सतीदेवीको बाबु हुन– दक्ष प्रजापति । ‘दक्ष’ भनेको बाठो हो । ‘प्रजापति’ भनेको जनताको अगुवा वा नाइके हो । दक्ष हुनु राम्रो हो तर दक्षताको घमण्डले निष्ठालाई बाधा पर्न गयो । दक्षताको घमण्डले निष्ठाको समाप्ति हुन्छ । निष्ठाको समाप्तिको परिणाम ध्वंशको वा अकल्याणको बाटो हो भन्ने विषय स्वस्थानीको कथाबाट बुझ्न सकिन्छ । नियमविपरीत र आवश्यकताभन्दा बाठो हु“दा के हुन्छ भन्ने परिणाम दक्षलाई बाख्राटाउके देखाइनुले स्पष्ट पारेको छ । कल्याण गर्ने ‘देव’ हुन भने विपरीत कर्म गर्नेलाई ध्वंशको स्थितिमा पु¥याउन त्योभन्दा ठूलो शक्ति देवलाई पनि नटेर्ने ‘महादेव’ प्रकट हुन्छन् भन्ने राम्रो दृष्टान्त स्वस्थानी कथामा रहेको छ ।

व्रत भनेको र संकल्पसहित निष्ठापूर्वक गरिने कर्म हो । कथा भनेको इतिहासको जानकारी र अनुमानमा सुन्दर कल्पनाको मिश्रण हो । कथा केही ऐतिहासिक विषय, पात्र र घटनालाई आधार बनाएर कल्पित वर्णन हो । यसमा जीवन र जगतका प्रेरणादायी मधुरता समेटिएको हुन्छ । यसरी हेर्दा स्वस्थानी व्रतकथा आफू, आफ्नो स्थान, आफन्तको सहभागितामा उनीहरूकै हित–कल्याण तथा धन–सम्पत्ति र सुख–ऐश्वर्यका लागि गरिने व्रत र सुन्ने–सुनाइने कथा हो । स्वस्थानी व्रतकथा साहित्य पनि हो भन्ने बिर्सनुहु“दैन । साहित्यमा प्रयोग गरिएका शब्दलाई उनीहरूको शक्तिका आधारमा बुझ्नुपर्ने हुन्छ । साहित्यको त्यस्तो शब्दसामथ्र्यलाई अभिधा, लक्षणा र व्यञ्जना भनिन्छ । यसरी बुझन सक्दामात्र उचित निष्कर्षमा पुग्न सकिन्छ ।

नेपाली समाजमा साह्रै लोकप्रिय रहेको स्वस्थानी व्रतकथाका केही प्रसंग आलोचित छन् । ती विषयमध्ये मुख्य विषय लैंगिक न्यायसँग सम्बन्धित छन् । सात वर्षकी गोमा र ७० वर्षका शिव शर्माबीचको अनमेल विवाहको विषय नेपाली समाजमा आलोच्य रहेको छ । हुन त कथामा यो एउटा प्रसंगलाई स्वाभाविक रूपमा स्वीकार गरिएको भए पनि सर्वत्र यसैप्रकारको विवाहलाई प्रोत्साहित गरिएको छैन । विवाहयोग्य उमेरका स्त्री पुरुषका शारीरिक विकासका प्रसंगले यो विषय स्वतः एउटा घटना मात्र रहेको पुष्टि हुन्छ । त्यतिबेलाको समाजमा पनि विवाहको उमेर यौवनावस्था नै हो भनिएका धेरै उदाहरण पाइन्छन् ।

सन्तानको लिंग फरक हुनु स्वाभाविक हो । लिंगका आधारमा सन्तानबीच गरिने विभेद आज स्वीकार्न सकि“दैन । स्वस्थानी व्रतकथा बहुआयामिक विषय हो । व्रतमा अपनाइने ‘पवित्रता’ ले स्वच्छ वातावरण र शरीर स्वस्थ राख्न मद्दत गर्छ । यसै कारण व्रतको समयावधिभरि सात्विक भोजन र संयमित जीवनचर्याले आरोग्य प्राप्त हुन्छ । सदाचारले सहज जीवन जिउने सकारात्मक ऊर्जा प्रदान गर्छ । स्वस्थानीमा परिवारकै सदस्यले व्रत लिने, कथा भन्ने र सुन्ने गरिन्छ । यस परम्पराले पारिवारिक जमघट, एकता र मेलमिलाप बढाउन विशेष भूमिका निर्वाह गरेको छ । भौतिक विषयमा तथ्यहरूको महत्व भएजस्तै संस्कृतिमा मान्यताको विषय प्रबल हुने गर्छ । अर्को दर्शन र मान्यताबाट हेर्दा र बुझ्दा यथार्थ बोध गर्न सकिँदैन ।

वनचरको, नभचरको विद्या पढेर जलचरबारे ज्ञानी बन्न सकिँदैन । त्यसैले, गूढार्थको खोजी र विश्लेषण गर्ने हो भन्ने स्वस्थानी व्रत कथाबाट धेरै शिक्षा लिन सकिन्छ । तर, मान्ने र नमान्ने अति र अन्धविश्वासले गर्दा यसलाई हेर्ने गतिशील दृष्टिकोण बन्न सकिरहेको छैन । कुनै पनि वस्तु, स्थान र घटनामा रहेका असल पक्षलाई नकार्नु र बुझ्ने प्रयास नै नगरी मान्नु दुवै अन्धविश्वास हुन। मानिसका क्रियाकलापद्वारा नै समाज विकसित हुन्छ । समाजका आवश्यकता अनुसार नै संस्कृतिको पनि विकास भएको हुन्छ । समाजमा भएका विभिन्न किसिमका क्रियाकलाप र संस्कृतिहरूले समाजलाई एकताको सूत्रमा बाँध्न सक्छ । समाजमा परम्परादेखि आएर रहेका विभिन्न संस्कृतिभित्र रहेका वैज्ञानिक र व्यावहारिक पक्षको संरक्षण गर्नु आजको अपरिहार्य आवश्यकता हो । स्वस्थानीको सार भनेको सनातनलाई स्वीकार गर्न, कपट नगर्नु, आपसमा मिलेर बस्नु, मिलेर काम गर्नु, मिलेर आर्जन गर्न, समाजमा र आपसमा केही अनमेल भए आपसमा मिलाउनु, निष्ठाको रक्षा गर्नु, युद्धमुखी नहुनु, कल्याणकारी बाटोमा लाग्नु, प्रकृतिको रक्षा गर्नु आदि हो ।

परम्परा, नसुधारिएको संस्कृति हो भने संस्कृति, सुधारिएको परम्परा हो । स्वस्थानी मात्र होइन, हामो संस्कृतिमा कथा, काव्य, गीत, नाटकको निकै ठूलो प्रभाव रह“दै आएको छ । कथा सुन्ने विषयलाई त ज्ञान यज्ञ नै मानिएको छ । मानिसको जीवनमा नैतिकता, सामाजिक जागरण, उत्प्रेरणा, भक्ति, करुणा जगाउन कथा, काव्य, गीत, नाटकले ठूलो संघाउ पु¥याएका छन् र पु¥याइरहन सक्छन् । यी मानिसको जीवनका आन्तरिक शक्तिका स्रोत हुन् । संस्कृति निर्माणका सशक्त माध्यम हुन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय