कालीकोटका गाउँ गाउँमा बालअधिकारको पैरवी गर्न बालअभियन्ता र पत्रकार जुट्दै

कालिकोट । जिल्लामा बालविवाह, बालबालिका बिरुद्ध हुने हिँसा न्युनीकरणका लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ । बालअधिकारका क्षेत्रमा पैरवी गर्नका लागि क्रियाशिल बालअभियन्ता र बालपत्रकारको क्षमता अभिवृद्धी गर्नका लागि २ दिने तालीम शनिबार देखी मान्ममा शुरु भएको हो । समुदाय स्तरमा बालअधिकारको क्षेत्रमा पैरवी गर्दा ध्यान दिनुपर्ने बिषयवस्तु, सरोकारवाला तथा बालबालिकासँग सञ्चार सीप र बालअभियन्ताको काम कर्तब्य अधिकारको जानकारी गरि पैरवी योजना बनाउने मुख्य उदेश्य रहेको उक्त तालीममा तिलागुफा नगरपालिका र शुभकालीका गाँउपालिका ३८ जना अभियन्ता र बालपत्रकारहरुलाई लक्षित गरि तालीम प्रदान गरिएको हो ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपालको साझेदारीमा संचालीत सहयात्रा परियोजना संचालन भएका तिलागुफा नगरपालिका र शुभकालीका गाँउपालिका प्रत्येक वडाका बालक्लववाट छनौट भई आएका ति बालपत्रकार र अभियन्ताहरु क्रियाशिल रहेका छन् । समुदायमा व्याप्त बालविवाह र बालबालिका बिरुद्ध हिँसा न्युनीकरणका लागि बालपत्रकारहरुले स्थानिय रेडियो मार्फत समचार प्रशारण गर्ने, स्थानीय स्तरका बालबालिकाहरुका गतिबिधिहरु रेडियो र पत्रपत्रिकामा पुर्याएर पैरवी गर्ने गरिरहेका छन्, भने समुदायमा हुन लागेका बालविवाह रोक्ने र सचेतना अभिवृद्धि गर्ने समेत काम गरिहेका छन् ।

बालविवाह बिरुद्धको अभियान थप प्रभावकारी बनाउन र बालअभियान्ता तथा बालपत्रकारलाई थप ज्ञान र सिप प्रदान गर्न आयोजना गरिएको उक्त तालीमको सहजीकरण सेभ द चिल्ड्रेनका पैरवी संयोजक सिर्जन अधिकारी, सिनियर बालसंरक्षण संयोजक जुठिराम चौधरी, बालसंरक्षण संयोजक बाले बिश्वकर्मा, किर्डाक नेपालका बालसंरक्षण संयोजक प्रकाश व शाही, सरिता खत्रीले गरिरहेका छ । किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेको संयोजकत्व, सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यता र प्रहरी निरीक्षक महेश बिक्रम शाहीको विशेष आथिथ्यतामा कार्यक्रम भएको हो । बालपत्रकार कार्यक्रममा पत्रकार रत्न कार्की, खडानन्द अधिकारी, हस्त चौलागाई , बिश्वनाथ सिम्खाडा लगायत स्थानिय रेडियोका प्रतिनिधिहरुको उपस्थितिमा तालीमको उद्घाटन गरिएको हो । उद्घाटन सत्रमा बोल्ने अधिकाँस अतिथीहरुले कालीकोट जिल्लामा बालविवाहलाई थप अभियानको रुपमा संचालन गर्नका लागि बालअभियन्ताहरुलाई प्रहरी, पत्रकार लगायत स्थानिय तहका जनप्रतिनिधिहरुले सहयोग गरि अगाडी बढाउनु पर्ने बताएका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया