कृष्णले ल्याए ‘लुकी लुकी माया’ (भिडियो)

काठमाडौं । गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । गायिका आरती अधिकारीको साथमा नयाँ गीत सार्वजनिक गरेका हुन् । गीतको शब्द र संगीत गायक पौडेल स्वयंको छ । पछिल्लो समयको माया प्रेमको भावनालाई समेटेर गीत तयार गरिएको गायक पौडलले बताए । गीतले जिन्दगीको वास्तविकता आभास गराउने बताए ।

विनोद बजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरूङले गरेका छन् । सविन गुरूङको कोरियोग्राफी रहेको भिडियोमा लोमश शर्मा र अमृता सापकोटाको अभिनय छ । भिडियो छायाङन गणेश सापकोटाको रहेको छ भने दृश्य सम्पादन सुवास अमगाईले गरेका छन् ।

 

प्रतिक्रिया