मन्जुश्री फाइनान्सको क्युआर कोड भुक्तानी

काठमाडौ । मन्जुश्री फाईनान्स लिमिटेडले डिजिटल बैकिंङलाई प्रभाबकारी बनाउने उद्देश्यले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । फाईनान्सले विहिवार नयाँ बानेश्वर स्थित जय बाराही टे«डर्सलाई पहिलो क्युआर कोड प्रदान गरेर सेवा सुरु गरेको हो । क्युआरकोड भुक्तानीको सेवा सुचारु गरेकोले आफनो गा्रहकको सुबिधाकोे लागी स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा प्रारम्भ गरी गा्रहकले आफ्नो मोवाइल बैकिंङ एपबाट क्युआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेक १ लाख रुपैया सम्म भुक्तानी लिन सक्नेछन् । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फाईनान्सले क्युआर कोड सुविधा सुचारु गरको हो ।

फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकलाई रेमिटान्स, मोबाइल बैंकिग, एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिग सुविधा उपलव्ध उपलब्ध गराउदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया