बुद्धि र रवि ‘फटाह फणिन्द्रे’ मा

काठमाडौं । अरुण खड्काले निर्देशन गर्ने चलचित्र ‘फटाह फणिन्द्रे’ मा बुद्धि तामाङ र रवि डंगोलले काम गर्ने पक्का भएको छन् । मुख्य कलाकारको रुपमा बुद्धि र रविसँग सम्झौता गरिएको निर्माण पक्षले जनाएको छ । यसअघि चलचित्रका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसी लगायतका कलाकार छानिएका थिए ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा सुनिल मानन्धर प्रस्तुकर्ता रहेका छन् । चलचित्रको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र विष्ट रहेका छन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछाने र कविराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र इश्वरलाल सिंकेमनको छायांकन रहने निर्काण पक्षले जनाएको छ ।

उत्तम केसीको कथा रहेको यस चलचित्रमा पट्कथा, संवाद हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायतका केही चलचित्र निर्माण गरेका अरुण यसै चलचित्रबाट निर्देशनमा हात हालेका हुन् । अपराधको विषय कमेडीको माध्यमबाट पस्कन लागेको चलचित्र चैत्रको पहिलो साताबाट छायांकन जाने तयारीमा रहेको निर्देशक खड्काले जानकारी दिए ।

प्रतिक्रिया