दक्षिण अफ्रिकाको लागि डा. विश्वकर्मा राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकारको सिफारिशमा आज डा. विश्वकर्मा राजदूतमा नियुक्त भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया