विश्व

मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, ६ जना सैनिकको मृत्यु

सौर्य अनलाइन २०७७ फागुन १० गते १७:०६ मा प्रकाशित

मेक्सिको । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६ जना सैनिकको मृत्यु भएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ । सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय