धादिङमा ट्रकसँग माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना ६ ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा पूर्वी नवलपरासीको देउचुली–१६ की ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । उक्त दुर्घटनामा ६ घाइते भएका छन् ।

घाइते मध्ये तीन जनालाई थप उपचारको लागि चितवन पठाइएको, दुई जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया