काठमाडौं । बैतडीमा तीन दिनदखि बेपत्ता शिवलिंग स्वास्थ्य चौकीका एक कर्मचारी मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय पाटनका अनुसार जिल्लाको सिगास गाउँपालिका–८ शिवलिंग स्वास्थ्य चौकीमा कार्यरत ४५ वर्षीय रामसिंह ऐर आज मृत भेटिएका हुन् ।
गत माघ २७ गते कार्यालयबाट घर फर्केका उनी घरमा नपुगेपछि खोजतलासको क्रममा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कर्मचारी ऐरको शव जेवलाखान भीरबाट करिब ३०० मिटर तल भेटिएको प्रहरीको भनाइ छ । उनको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया