बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना रेग्मी रिहा

काठमाडौं । केही समय अगाडि पक्राउ परेकी बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी धरौटीमा रिहा भएकी छन् । काठमाडौ जिल्ला अदालतले रेग्मीलाई २ लाख ७७ हजार धरौटीमा आइतबार रिहा गरेको जनाएको छ ।

गायक प्रमोद खरेलले प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोप लगाउँदै धेरै कलाकारहरुको हस्ताक्षर संकलन गरेर महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएपछि त्यसैको आधारमा जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर पक्राउ गरेको थियो उनलाई प्रहरीले गत पुस २७ पक्राउ गरेको थियो ।

गायक खरेलले ५७ जना कलाकारहरुको हस्ताक्षर संकलन गरेर प्रहरी कार्यालय पुगेका थिए । तर, तीनै हस्ताक्षर गर्ने केही कलाकारहरुले अध्यक्ष रेग्मी पक्राउ परेपछि दुःख व्यक्त गर्दै आफूहरुले उनलाई पक्राउ गर्नका लागि हस्ताक्षर नगरेको बताएका थिए ।

प्रतिक्रिया