प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप आन्दोलनको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेपछि देशभर त्यसविरुद्ध चर्को आलोचना र विरोध प्रदर्शन भइरहेको छ ।

यसभन्दा अगाडि पनि कांग्रेसले ओलीको कदमविरुद्ध गत पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ गते प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको स्रोतले जनाएको छ ।

आज घोषणा गरेको कार्यक्रम अनुसार कांग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको बताइएको छ । आज बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ ।

प्रतिक्रिया