नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघ कर्णालीको अध्यक्षमा सेजुवाल

सुर्खेत । राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुल नारालाई सार्थक बनाउँदै नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघ कर्णाली प्रदेशको अध्यक्षमा अम्मराज सेजुवाल निर्वाचित भएका छन् । नेपाल केम्पो खुकुरी मार्शल आर्टस प्रदेश स्तरिय भेला मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

कर्णाली प्रदेश भरीका सबै जिल्लाका खेल प्रेमी खेलाडी युवाहरुको सहभागीतामा नयाँ नेतृत्व चयन गर्दै भेला सम्पन्न भएको हो । भेलाले कालिकोट जिल्ला शुभकालिका गाउँपालिका– ८ का खेलाडी अम्मराज सेजुवालको अध्यक्षतामा २१ सदस्सीय नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको प्रदेश कमिटी निर्वाचित गरेको छ ।

त्यस्तै प्रदेश संघमा कालिकोट जिल्लाबाटै उपाध्यक्ष आशा शाही र सदस्य अस्मित कुमार वम गरी तीन जनाको प्रतिनिधित्व रहेको छ । भेला नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघका केन्द्रीय उपाध्यक्ष गोरख वहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको हो ।

भेलामा उपाध्यक्ष शाहीले कर्णाली प्रदेशमा खुकुरी मार्शल आर्टसका खेलाडीहरु व्यापक रुपमा उत्पादन गर्नुपर्ने र त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने विचार राखेको युवा विद्यार्थी नेता अमित शाहीले जानकारी दिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष सेजुवालले अब नयाँ बिधि विधानबाट संस्था अगाडि बढाउने बताउँदै नयाँ खेलाडी उत्पादन तिर लाग्ने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया