गृहमन्त्री बादल आएपछि कालिकोटमा दिनभर अनेकौं किसिमका बिरोध र्याली

कालिकोट । गृहमन्त्री राम बहादुर थापा (बादल) कालिकोट नपुग्दै देखि प्रचण्ड–माधव समुहका नेकपाका नेता–कार्यकर्ताले विरोध जनाइरहेका छन । सोमबार बिहान गृहमन्त्री राम बहादुर थापा हेलिकप्टरमा आईरहँदा कालो बेलुन र झण्डा देखाइएको थियो भने, त्यसपश्चात टायर बालेर विरोध जनाइरहेका छन । पार्टी कार्यक्रमकालागि कालिकोट पुगेका गृहमन्त्रीलाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका कार्यकर्ताले टायर बालेर, कालो बेलुन तथा कालो झण्डा देखाएर केपी ओली समुहकै र्याली अगाडि बिरोध जनाएका छन् ।

गृहमन्त्री बादलको विरोधमा दाहाल–नेपाल पक्षले अनेकौं किसिमको बिरोध तथा नाराबाजी गरेका छन् । सोहि क्रममा कार्यक्रम स्थल देखि १०० मिटर टाढा टायर बालेका थिए । ३० मिनेट पछि सशस्त्र प्रहरी बल र प्रहरीको टोलिले नियन्त्रण लिएको हो ।

नेकपा विभाजनपछि सरकारका मन्त्रीहरु सरकारी कार्यक्रमभन्दा पार्टीका गतिविधिमा बढी सक्रिय बन्दै आएका छन् । बिरोध र्यालीमा अनेरास्ववियुका जिल्ला संयोजक मनसपंह शाही, बिद्यार्थी नेता हिक्मतजंग मल्ल राष्ट्रिय युवा संघ नेपालका गणेश शाही, हस्त शाही लगायत प्रचण्ड–माधव समुहका थुप्रे नेता तथा कार्यकर्ताको समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया