लाखौं कार्यकर्ता सडकमा उतार्ने नेकपा ओली समूहको दावी

काठमाडौं । नेकपाको ओली समूहले माघ २३ गते जनसभा गर्ने भएको छ । त्यसको तयारीका लागि यो समूहले १ हजार १ सय ११ सदस्यीय समिति बनाएको छ । जनसभाको जानकारी दिन सोमबार वाग्मती प्रदेश कमिटीको आयोजनामा भएको पत्रकार सम्मेलनमा कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ समय ११ सदस्यीय समिति बनाएको जानकारी ओली समूहले दिएको हो ।

यो समूहको प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जनसभामा लाखौंको उपस्थिति हुने दाबी गरे । त्यसको लागि वाग्मति प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत गरी १७ जिल्ला कमिटीलाई निर्देशन दिइएको उनले बताए । जनसभाका लागि पोखरेलकै अध्यक्षतामा २५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।

प्रतिक्रिया