समीर पुरस्कृत

मोरङ । नेपाली साहित्यमा योगदान दिएको भन्दै युवा साहित्यकार मिलन समीरलाई पुरस्कृत गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको १५ हजार राशिको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ यस वर्ष स्याङ्जाका युवा साहित्यकार समीरलाई दिइएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री, कवि एवं गीतकार एसपी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे, प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदीश निरौला ट्रस्टकी अध्यक्ष टीका निरौला, प्राध्यापक कविराज न्यौपाने लगायतले संयुक्त रुपमा प्रदान गरे ।

प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले पुरस्कृत कवि समीरको परिचय प्रस्तुत गरेको कार्यक्रममा लेखक तुलसीहरि कोइराला, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, कृष्णभूषण बल स्मृति साहित्य प्रतिष्ठानकी प्रमुख संरक्षक शोभा लामा बल, गर्गाचार्य विश्वभाषा पुस्तकालयका संरक्षक टीकाप्रसाद लामिछाने ललगायतले अतिथिको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा भूषण ढुंगेल, भेषराज पोखरेल, भरत गुरागाईं, प्रयाग न्यौपाने, चूडामणि नेपाल अकिञ्चन, उमेश लुइँटेल, हरि कट्टेल, मञ्जुश्री गिरी, जमुना पौडेल, ममता मृदुल, लक्ष्मी स्मृति, लक्ष्मी रायमाझी, लक्ष्मी आचार्य, लक्ष्मी श्रेष्ठ, कविता केशरी, नेत्र खतिवडा, रोमा निरौला, प्रिन्स प्रमोदकुमार ढकाल, मदन भण्डारी, टंक राजवंशी, मनिष पोखरेल, विनोद घिमिरे, पूजा बहार, राधा भट्टराई, रामा रमा, किशोर कोइराला, परिक्रमा श्रेष्ठलगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना मुक्तक वाचन गरेका थिए । आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेलले सुदिश निरौलाको बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया