रानी र प्रमोदको ‘चल्यो मायाको बतास’

काठमाडौं । गायिका डा. रानी शाक्यले गायक प्रमोद खरेलसँगको सहकार्यमा युगल गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक गरेकी छन् । डान्सिङ शैलीको यस गीतको भिडियोमा अभिनेता दीलिप रायमाझी र अभिनेत्री अशिष्मा नकर्मीको अभिनय छ । ठुलो पर्दामा न देखिएको जोडीको म्युजिक भिडियोमा केमिस्ट्री सुहाएको देखिन्छ । गायिका डा. रानीको युट्युब च्यानलबाट सार्वजनिक गीतमा हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीत रहेको छ । भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको क्यामेरा, माधव बेलबासेको सम्पादन रहेको छ भने भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् ।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका डा.शाक्यले केही दिनअघि मात्रै १० वटा गीत समावेश सांगीतिक एल्बम ‘ऐना’ सार्वजनिक गरेकी थिइन् । त्यस्तै, उनका अहिलेसम्म चार दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन् । गायिका शाक्यले आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतका साथै चलचित्रको पाश्र्व गायनमा समेत आफूलाई परिचित गराएकी छन् ।

प्रतिक्रिया