एनसिएचएल, रावा बैक र आइएमई पे सम्झौता

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पी.एस.पी.मार्फत संकलन गर्नको लागि एन.सि.एच.एल, राष्ट्रिय बाणिज्य (रावा)बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ ।

सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पी.एस.पी. मार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो । त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्नेछन । कार्यक्रममा रावा बैकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने विचार ब्यक्त गरे ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पु¥याउन सहज हुने बताए । उनले सरकारी कर तथा राजश्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध पनि ब्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया