विश्वज्योती सहकारीको १३औं साधारण सभा सम्पन्न, सस्तो व्याजमा ऋण लगानी गरेको दावी

पाँचथर । फिदिममा रहेको विश्व ज्योती बचत तथा ऋण सहकारी संस्थाको तेहौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष ठाकुर ओझाको अध्यक्षता र फिदिम नगरपालिका सहकारी शाखा प्रमुख सरस्वती सिवाकोटीको प्रमुख आतिथ्यतामा शनिबार एक समारोहका बीच सम्पन्न भएको होे । विश्व ज्योती बचत तथा ऋण सहकारी संस्था २०६४ पुस २९ गते स्थापना भई संचालनमा रहेको छ ।


संस्थाले मासिक बचत अन्र्तगत रु पाँच सय रुपैया बचत रकम तोकेको छ । नियमित बचत ९८ लाख १७ सहजार ४ सय ६८, ऐच्छिक बचत, ३५ लाख ४४ हजार, खुत्रुके बचत दुई लाख ६४ हजार ७ सय तथा बाल बचत दश लाख ८१ हजार ९ सय ४ गरि विभिन्न शिर्षकमा बचत रहेको जनाइएको छ । संस्थामा १७८ जना शेयर सदस्य रहेका छन ।


संस्थाको हाल आर्थिक कारोवार एक करोड ५२ लाख १३ हजार १ सय २० रहेको छ । संस्थाको ऋणीहरुलाई १२ प्रतिशत र बचतकर्ताहरु लाई ७ प्रतिशतमा व्याज दिने गरेको संस्थाका सचिव महेश्वर खतिवडाले जानकारी गराए । पाँचथर जिल्लामा ऋणीलाई सबै भन्दा सस्तो व्याजमा ऋण लगानी गर्ने संस्थामा पर्ने समेत दावी गरेका छन ।

साधारण सभामा प्रमुख अतिथि सिवाकोटीले सबै सहकारीहरुले लक्ष्य अनुसारको काम गर्नु पर्ने बताइन । विभिन्न वित्तिय संस्थाहरुबाट बालबालिकालाई चकलेट दिएर फकाए झैं महिलाहरुलाई विभिन्न सहयोगको बाहनामा रकम लगानी गरि लुटिरहेको समेत उनले बताइन । सहकारी मार्फत गरिवी निवारणको लक्ष्य लिएता पनि सर्वसाधारणले रकम परिचालन गर्न नजानेकोले गर्दा झन गरिवी तर्फ धकेलिएको उनको तर्क थियो ।

शेयर सदस्यहरुले आफ्नो संस्थाको विनियम अध्ययन गरेमा मात्र सबै कुराहरु प्रष्ट हुने हुनाले सम्पूर्ण सेयर सदस्यहरुले विनियम पढ्नको लागि समेत सिवाकोटीले अनुरोध गरिन । राष्ट्र सेवक सहकारी संस्थाका अध्यक्ष खड्ग बोहोरा, राष्ट्रिय सहकारी बैंक फिदिम शाखा प्रबन्धक, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष तथा लेखा परिक्षक रेणुप्रसाद ओझा, जिल्ला सहकारी संघकी प्रतिनिधि दिलकुमारी घिमिरे लगायतले आ–आफ्नो मन्तब्य राखेका थिए ।


संस्थाको अध्यक्ष, सचिव, आन्तरिक लेखा तथा सुपरिवेक्षण समितिका संयोजक, कोषाध्यक्षहरुले प्रतिवेदन पेश गरेका थिए । सहकारी संस्थामा नियमित बचत गर्ने शेयर सदस्यहरु, समयमा ऋण असुली गर्नेहरु, बाल बचत कर्ताहरु मध्येबाट उत्कृष्ठहरु लाई समेत सम्मान पत्र र पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया