बोलेरो दुर्घटना हुदाँ एक को मुत्यु

सिन्धुली । गोलन्जोर गाउँपालिक–५ सोला भन्ज्याङस्थित बिपी राजमार्गमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार विहान १० बजेर ३५ मिनेटको समयमा सिन्धुलीबाट खुर्कोटतर्फ जाँदै गरेको ज १ च १३५४ नं. को बलेरो आफैं अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा एक जनाको मुत्यु र एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परी बलेरोमा सवार महोत्तरी रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर बस्ने ४१ वर्षीय वसन्त मुखियाको जिल्ला अस्पताल सिन्धुलीमा उपचारमा ल्याउने क्रममा मृत्यु भएको छ । यस्तै बलेरो चालक धनुषा गोबिन्दपुर ६ बस्ने अन्दाजी २०÷२२ वर्षका सिजल यादव गम्भीर घाइते भएका छन् । उनलाई जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडांै पठाइएको छ । यस्तै गाडी घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया