जन्मदिनको अवसरमा विद्यार्थीलाई पोसाक

स्याङ्जा । जन्मदिनको अवसरमा केक काट्ने, परिवार भेला हुने खुसीयाली मनाउने संस्कार हाम्रो समाजमा विकसित हुँदै गएको छ । अझ पछिल्लो समय जन्मदिनमा खर्च हुने पैसा सामाजिक कार्यमा प्रयोग गर्ने प्रचलन पनि बढ्दै गएको छ ।

यसैको उदाहरण हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धर बनेका छन् । मानन्धरले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पोसाक वितरण गरेका छन् । यहाँका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै पोसाक वितरण गरिएको अध्यक्ष मानन्धरले बताए ।

मानन्धरले शुक्रबार आफूले अध्ययन गरेको पिताम्बर माध्यमिक विद्यालयका ४ सय ५० विद्यार्थीलाई विद्यालयको पोसाक प्रदान गर्ने अभियान सुरु गरेका हुन् । अध्यक्ष मानन्धरले आफूले पाउने तलबभत्ताबाट सामुदायिक विद्यालयमा अध्ययनरत पालिकाभरिका सबै विद्यार्थीलाई डे«स उपलब्ध गराउने बताए ।

उनले भने, ‘यहाँका ३० सामुदायिक विद्यालयमा अध्ययनरत ३ हजार ५ सय विद्यार्थीलाइ पोसाक प्रदान गर्ने अभियान छ ।’ उनले ३७औँ जन्मोत्सवको अवसरमा यो अभियान सुरु गरेका हुन् ।

प्रतिक्रिया