खोजखबर

तीनकुनेमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो

सौर्य अनलाइन २०७७ माघ १० गते ८:०२ मा प्रकाशित

काठमाडाैं । काठमाडाैंको तीनकुनेमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

गएराति भे १० प २६०३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बाँके कोहलपुर घर भएका २२ वर्षीय साहिल बम खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार खत्रीको उपचारको क्रममा सिभिल अस्पताल बानेश्वरमा ज्यान गएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय