प्रेमिकाको हत्या आरोपीत १० वर्षपछि पक्राउ

पाँचथर । फिदिम बजारमा १० बर्ष अघि भएको व्यक्ती हत्याका आरोपी ताप्लेजुङको साविक चागे गाविस १ का २६ बर्षीय पवन भनिने कुमकहाङ आङवुहाङलाई प्रहरीको अप्रेशन टोलिले पक्राउ गरेको छ । फिदिममा १० वर्ष पहिला प्रेमिकाको हत्यमा संलग्न हत्याका आरोपी पक्राउ परेको पाँचथर डिएसपी दानबहादुर थापाले जानकारी दिए । आङवुहाङले पाँचथरको साविक सिवा गाविस १ विवासिकी २४ बर्षीया शुष्मा तुम्रोकलाई २०६७ असोज १० गते एक होटलमा गोलि हानी हत्या गरेका थिए ।

घटनास्थलमा एक थान गोलिको खोका प्रहरीले बरामत गरेको थियो । तुम्रोक होटलमा बसेको अवस्थामा हत्या गरीएको प्रहरीले जनाएको थियो । फिदिम बजारको मेनलाइनमा होटल नजिकै ट्राफिक प्रहरी कार्यालय पनि थियो । फरार आङवुहाङलाई पक्राउ गर्न पाँचथर प्रहरीबाट प्रहरी सहायक निरिक्षक रघुनाथ राजवंशीको कमाण्डमा टोलि खटिएको थियो ।

टोलिले महानगरीय प्रहरी परिसर तथा प्रहरी बृत वौद्धसंग समन्वयमा काठमाडौं गोकणेश्वर नगरपालिकाको मुलपानीबाट बिहिबार आरोपीत आङवुहाङलाई पक्राउ गरेको डिएपी थाले जनाए । आरोपीत आङवुहाङ काठमाडौंमा बिवाह गरी व्यवसाय गरी लुकीछिपी बसेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्या आरोपीतलाई पाँचथर प्रहरीले शुक्रबार राती ल्याइपु¥याइ मुद्धा अगाडी बढाइएको सुचना अधिकारी डम्बर विश्वकर्माले जनाए ।

प्रतिक्रिया