खोजखबर

पाल्पामा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु

सौर्य अनलाइन २०७७ माघ ९ गते १३:५३ मा प्रकाशित

पाल्पा । शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका ८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ। रिब्दीकोट ८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा शिकार खेल्न गएका थिए। गए राति करिब ९ बजे शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक छहारीसँगै शिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका ४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । – रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय