१ लाख ३९ हजार ६०२ जनाले पाए चन्द्रागिरि हिल्सको आईपीओ

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले खुलाएको आईपीओ झण्डै डेढ लाख लगानीकर्ताले मात्रै पाएका छन्। गत पुस २४ देखि खुलेको आईपीओमा १२ लाख ११ हजार १ सय १५ जनाको आवेदन स्वीकृत भएकोमा १ लाख ३९ हजार ६ सय २ जनाले मात्रै प्रति १० कित्ता आईपीओ पाएको बिक्री प्रबन्धक आईएमई क्यापिटल्सले जनाएको छ।

कुल १२ लाख १६ हजार ९ सय ५३ जनाले आवेदन दिए पनि १० लाख ७१ हजार ५ सय १३ जनाले भने पाएनन्। यसमध्ये ५ हजार ९८ सय ३८ वटा आवेदन अस्वीकृत भएको थियो।

कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर बिक्रीको लागि आह्वान गरेको थियो। यीमध्ये ६१ हजार ३ सय ६४ कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई र ७६ हजार ७ सय ५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया