वडा कार्यालयमा तोडफोड

तम्घास । गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । बिहीबार सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् ।

कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ । त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको खर्यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेदप्रसाद पन्थले जानकारी दिए ।

कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएका छन् । घमिरको वडा कार्यालयमा यसभन्दा अगाडि २०७६ पुस ९ गते र गत असोज १० गते तोडफोड भएको तर, तोडफोड गर्न व्यक्ति भने पत्ता लागेको छैन ।

लगातार दोस्रो पटक कार्यालय तोडफोड भएपछि सिसिटिभि राखिएको थियो । यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गुल्मीले मुुचुल्का तयार गरी घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया