खोजखबर

आज वाग्मती प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेबल हुने

सौर्य अनलाइन २०७७ माघ ९ गते ९:०२ मा प्रकाशित

हेटौँडा । अनिश्चितकालका लागि स्थगित गरिएको वाग्मती प्रदेश सभा बैठक आज शुक्रवार बस्ने भएको छ। बुधबार बैठक बसेपछि अनिश्चितकालका लागि स्थगित बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका हुन् । बिहिवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दाहाल–नेपाल समूहका सांसदहरुले दबाब दिएपछि सभामुख श्रेष्ठले शुक्रवार १ बजेका लागि बैठक बोलाएका हुन्।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूहका मानिने मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका प्रदेश सांसदहरुले गत पुस १० गते ४५ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय