शिक्षक रावललाई दाउरा प्रहार

मुगु । जिल्लाका एक शिक्षकलाई दाउरा प्रहार गरी घाइते बनाइएको छ । छायानाथ रारा नगरपालिका–७ घुइर गाउँ घर भई मुर्मा गाउँमा रहेको विद्यालयमा कार्यरत शिक्षक २९ वर्षीय पदम रावललाई छायानाथ रारा नगरपालिका–७ पिनाका ३४ वर्षीय ऐनबहादुर बमले दाउरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले दिएको जानकारी अनुसार रारा तालको छेउमा रहेको डाँफे होटलमा मंगलबार मदिरा सेवन गरेका र राती ११ बजे एकआपसमा झगडा भई बमले दाउरा प्रहार गरी शिक्षक रावललाई घाइते बनाएको बताए ।

यता घाइतेका जेठान दीर्घराज ऐडीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा खाजा खान डाँफे होटलमा गएका र त्यहि मौकामा ऐनबहादुर बमले आप्mनो ज्वाइँलाई कोठामा थुनेर मराशन्न हुने गरी कुटपिट गरेको बताए । अचेत अवस्थामा रहेका घाइते रावलको टाउकोमा तीन ठाउँमा गहिरो चोट छ । अहिले रावलको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । झगडाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया