प्रेस संगठनको संयोजबाट ओली समूहले महेश्वर दाहाललाई हटायो

काठमाडौं । ओली समूहले प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटाएको छ । प्रेस संगठन (ओली समूह) को आज भएको दोस्रो राष्ट्रिय भेलाले दाहाललाई हटाएर उनको स्थानमा गणेश वस्नेतलाई राखेको छ ।

वस्नेत प्रेस संगठनका सहसंयोजक थिए । बुधबार प्रेस संगठन (प्रचण्ड–माधव समूह) को दोस्रो राष्ट्रिय भेला थियो भने उक्त भेलाको अध्यक्षता महेश्वर दाहालले गरेका थिए ।

प्रतिक्रिया