भारतले दियो नेपाललाई १० लाख डोज खोप

काठमाडौं । भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरूद्धको खोप उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतले १० लाख डोज उपलब्ध गराएको घोषणा गरेको हो । भारतले अनुदानमा दिएको खोप भोलि नै काठमाडौंमा अवतरण हुनेछ । प्राप्त खोप ३ % सफाइकर्मी, स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर वितरण गरिने जनाइएको छ ।

प्रथम चरणको यो खोपले नेपालमा अग्रपंक्तिमा खटिने योद्वाहरुलाई कोरोनाविरूद्ध लड्न मद्दत पुर्‍याउने नेपालका भारतीय राजदूत विनय मोहन क्वात्राले बताए । बाँकीका लागि दोस्रो चरणमा खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।

भारतले नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ भारतमा गत शनिबारदेखि नै लगाइरहेको छ । औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया