डा. रिजालले ल्याए ‘यो कहरले’

काठमाडौं । गीतकार डा. भोला रिजालले ‘यो कहरले’ गीतमार्फत कोरोना कहरको पीडालाई व्यक्त गरेका छन् । गायक युवराज गुरुङको स्वर रहेको गीतमा कम्पोज अशोककुमार राईको छ । कोरोना संक्रमणले विश्वलाई नै आक्रान्त बनाएको बेलामा यसले मानिसमा परेको आर्थिक, सामाजिक, भौतिक, शैक्षिक तथा मनोवैज्ञानिक त्रास र समस्यालाई गीतकार डा. रिजालले गीतमार्फत व्यक्त प्रस्तुत गरेका छन् ।

गायक गुरुङले गीत, संगीतको माध्यमबाट धेरै कुरा समाजमा सहज ढंगले पुग्ने भएकाले यो परिस्थितिलाई समेटेर डा. रिजालले लेखेको गीतमा आफूले आवाज दिएको बताए । उनले भने, ‘डा. रिजालले लेखेको गीतमा आफूले त्यसलाई स्वर दिन पाएकोमा खुसी लागेको छ । यो गीतले नेपाल लगायत विश्वका नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएका छौं ।’

प्रतिक्रिया