‘लाइगर’ को पोस्टर

मुम्बई । भारतीय चलचित्र ‘लाइगर’ को पोस्टर सार्वजनिक भएको छ । लाइगर अर्थात् टाइगर र लायन शब्दको मिश्रित रुपबाट यो चलचित्रको नाम राखिएको छ । सुरुमा यसको नाम ‘फाइटर’ राखे पनि अभिनेता ऋतिक रोशनको चलचित्रसँग नाम जुधेकापछि ‘लाइगर’ राखिएको हो । अर्जुन रेड्डी, डियर कमरेड, गीता गोविन्दा लगायतका चर्चित चलचित्रमा काम गरिसकेका दक्षिण भारतीय अभिनेता विजय देवरकोण्डाको मुख्य भूमिका ‘लाइगर’ मा छ । सार्वजनिक पोस्टरमा उनै अभिनेताको तस्बिरसहित लायन र टाइगरको मिश्रित तस्बिरलाई देखाइएको छ ।

फस्टलुक पोस्टरमा अर्जुनको बक्सिङवाला अवतारलाई देखाइएको छ । धर्मा प्रोडक्सनले निर्माण गर्न लागेको यो चलचित्रमा अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बहिष्कारमा परेका निर्माता करण जौहर यसैबाट पुनः चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रमा चंकी पाण्डेकी छोरी अनन्या पाण्डेलाई विजयको नायिकाका रुपमा प्रस्तुत गरिने जनाइएको छ । अनन्याले ‘स्टुडेन्ट अफ दि इयर’ र ‘पति पत्नी औ वो’ मा काम गरिसकेकी छन् । पुरी जगन्नाथले निर्देशन गर्ने यो चलचित्र हिन्दी भाषामा पनि प्रदर्शन हुनेछ । सन् २०२१ मै प्रदर्शन गर्ने लक्ष्यका साथ काम गर्ने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया