विद्यार्थी परिषद् नेपालको इकाई कमिटी बिस्तार

सिन्धुली । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सिन्धुलीमा कमलामाई नगर इकाई कमिटी बिस्तार भएको छ । मंगलबार एक औपचारिक कार्यक्रम गरी ‘एक संकल्प राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ एक दिवसीय अभ्यास वर्गअन्तर्गत कमिटी बिस्तार गरिएको हो । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कमलामाई नगर इकाई समितिले सिन्धुली बहुमुखी क्याम्पसमा कमिटी बिस्तार गरेको हो । सिन्धुली बहुमुखी क्याम्पसका समाजशास्त्र संकाय प्रमुख टीकाबहादुर थापाको अध्यक्षतामा ४७ सदस्यीय नगर इकाई कमिटी बिस्तार गरिएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, नेपालको एउटा स्वतन्त्र विद्यार्थी संगठन हो । यो संगठनको स्थापना ०५२ मंसिर २४ गते भएको जनाइएकोे छ । शैक्षिक क्षेत्रलाई राजनीति तन्त्र मुक्त क्षेत्र बनाई शिक्षाको गुणस्तर वृद्धि गर्नु संगठनको मुख्य उद्देश्य रहेको छ । हाल संगठनले विभिन्न क्याम्पसमा ईकाइ गठन गरी शैक्षिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको त्रिवि संगठन सचिव नारायण तिमिल्सिना जानकारी दिए । देशका ७७ वटै जिल्लामा आफ्नो सांगठनिक कार्य अगाडि बढाउदै, संघीय संरचनामा अघिसारी सात वटै प्रदेश अधिवेशन गर्ने तिमिल्सिनाले बताए । सरसफाइ, व्यक्तित्व विकास कार्यक्रम, कम्प्युटर प्रशिक्षण, सडक नाटक, रक्तदान, शैक्षिक गोष्ठी, जनचेतनामूलक कार्यक्रम र स्वयंसेवकको भूमिका निर्वाह गर्नु परिषद्का नियमित कार्यक्रम रहेको उनले बताए ।

सिन्धुली बहुमुखी क्याम्पस इकाई कमिटी संयोजकमा सन्जिना सुनुवार, गौमति बहुमुखी क्याम्पसमा बिशाल कार्की र पानीट्यांकी क्याम्पसमा सुशील हमालले रहेका छन् । पूर्व नगरसचिव सरद घिमिरको अध्यक्षता तथा सिन्धुली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सारदामणी खड्का प्रमुखको प्रमुख अथित्यतामा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बागमती प्रदेश सचिव कृष्णप्रसाद हँुमागार्इं, त्रिवि संगठन सचिव नारायण तिमिल्सिनालगायत विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया