विद्यालयमा जनचेतना फैलाउँदै सशस्त्र प्रहरी

कालिकोट । ‘२०औँ सशस्त्र प्रहरी दिवश २०७७’ को उपलक्ष्यमा सशस्त्र प्रहरी बल, नेपाल कालीकोट गुल्मले विपद् व्यवस्थापन लैङ्गिक हिंसा तथा लागूपर्दाथ दुर्ब्यसन विरुद्ध जनचेनतामुलक कक्षाहरु जिल्लास्थित विभिन्न विद्यालयहरुमा सञ्चालन गरिरहेको छ ।

सोही अनुसार आज चुलीमालिका मावि घोडेनामा कक्षा ९, १०, ११ र १२ कक्षामा पढने करीव १५० जना विद्यार्थीहरुलाई कालीकोट गुल्मका गुल्मपति डिएसपी राम वहादुर पाली बोगटीले लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कक्षा सञ्चालन गरेका छन् ।

कक्षा सञ्चालनको क्रममा उनले समग्रतामा लैङ्गिकताको अवस्था, विभेदको अवस्था, कालीकोटमा महिलाहरुको वर्तमान अवस्था, लैङ्गिक समताको लागि आवस्यक वातावरण निर्माणमा विद्यार्थीहरु तथा समाजको भूमिका लगायतका विषयमा प्रकाश पारेका थिए ।

यस अगाडी पनी सशस्त्र प्रहरी वल नेपाल कालीकोटले सनिवारको दिन दुर्गा मन्दीर सरसफाई गर्नुका साथै रक्त्तदान लगायतका विभिन्न किसिमका समाजिक कार्यहरु गर्दै आईहेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया