खेल-खेलाडी

शंखदेवलाई भलिबल उपाधि

सौर्य अनलाइन २०७७ माघ ५ गते २०:४८ मा प्रकाशित

काठमाडौं । शंखदेव युथा क्लबले प्रथम हुप्सेकोट भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक जुनतारा युवा क्लबलाई हराउँदै शंखदेवले उपाधि जितेको हो । विजेता टोलीले उपाधिसहित २० हजार दोस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । पुस २५ गतेबाट सुरु भई शनिबार सम्पन्न भएको प्रतियोगितामा नवलपुरको हुप्सेकोट गाउँपालिका भित्रका १८ टोलीको सहभागिता थियो । समापनमा मगरहरुको चर्चित कौरा नाच समेत प्रस्तुत गरिएको थियो ।

आयोजक जुनतारा युवा क्लबका अध्यक्ष मीन वहादुर वारघरे को सभापतित्व रहेको समापनामा विजेता , उपविजेता टोलीका खेलाडीलाई हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, वडा नं २ का अध्यक्ष पदम पौडेल , जुनतारा कृषक समुहका अध्यक्ष किशोर भट्टराई लगायतले पुरस्कृत गरेका थिए । करातेका पूर्व खेलाडी समेत रहेका कृषक समूहका अध्यक्ष भट्टराईले स्थानीय तहमा खेलकुद विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

जुनतारा युवा क्लबले विगतमा पुस मध्य तिर आयोजना गर्दै आएपनि यसपटक भने माघे संक्रान्तीको उपलक्ष्य पारेर सञ्चालन गरेको थियो । प्रतियोगितालाई हुप्सेकोट गाउपालिका ,लायन्स क्लब अफ काठमान्डौ कर्पोरेट, जुनतारा कृषि समूह , यल्लो फार्म हाउस देवचुली केउरानीले सहयोग गरेका थिए । समापनमा स्थानीयहरुको बाल्को उपस्थिति थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय