खेल-खेलाडी

युनाइटेडसँग लिभरपुलको बराबरी

सौर्य अनलाइन २०७७ माघ ५ गते २०:४७ मा प्रकाशित

लण्डन । प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।  आइतबार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । लिभरपुलको मैदानमा भएको खेल दुबै टोलीको लागि महत्त्वपूर्ण रहेको थियो । युनाइटेडका प्रशिक्षक गुनर सोल्सायरले आफ्नो टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको बताएका थिए ।

खेलका युनाइटेडले धेरै राम्रा अवसरहरु पाएको थियो । बराबरीसँगै लिग लिडर युनाइटेडले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । युनाइटेडले १८ खेलमा ३७ अंक जोडेको छ । यता, लिभरपुलले ३४ अंक जोडेको छ । लिभरपुल अंक तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय