सूर्य चिह्नमा आँखा नलगाउन ओलीलाई नेपालको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई नेकपा र सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी समेत दिएका छन । प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ)ं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अबको पार्टी नेकपा एमाले भएको बताउदै अध्यक्ष नेपालले उक्त दिएका छन ।

‘केपी ओलीले पार्टीभित्रको विवाद चलिरहेकै बेलामा पहिल्यै नेकपा एमाले दर्ता गरिसकेका छ। उसको पार्टी अब त्यहि हो’, उनले भने, ‘हामीसँग स्पष्ट बहुमत छ। त्यसैले नेकपा र सूर्य चिह्न हाम्रो हुन्छ। ओलीको हुने भनेको अब नेकपा एमाले र अस्ताउँदो चिह्न मात्रै हो।’

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई नेकपा र सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी समेत दिए। ओलीले प्रधानमन्त्री पदको लागि अझै धेरै असंवैधानिक कदम चाल्न सक्ने दाबी गरे।

सबै ओलीको कदम विरुद्ध कांग्रेस, राप्रपा, जसपा लगायत सिंगो देशले असंवैधानिक भनिरहेका छन् । त्यो कदमको विरोध भइरहेका छ उनले भने, सिंगो देश एकापट्टि र केपी ओली एक्लो टुहुरो भएको छ। ‘यो अवस्थामा ओलीले मुख कसरी देखाउँछन् ?’ उनले प्रश्न गरे।

ओली सरकार काम चलाउ भइसकेको बताए। ओली सरकारले चुनाव गराउँदैनन्। अनेक असंवैधानिक कदम चालेर भएपनि उनले आफ्नो पद जोगाउनमा लाग्छन् उनले भने। ओलीले आफ्नो पदको लागि संकटकाल समेत लगाउन पछि नपर्ने जिकिर गरे।

प्रतिक्रिया