दूधकोशी हाइड्रोपावरमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोलुखोला दूधकोशी हाइड्रोपावरमा सामान ओसारपसार गर्ने टिप्पर आइतवार राति दुर्घटनामा परेको हो । घटनामा १ जना घाइते भएका छन् ।

घाइतेको उद्धार गरेर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटुवालले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका–११ बरडाँडा गिद्धेभीरमा बा४ख ७९८० नम्बरको टिप्पर राति दुर्घटनामा परेर भीरबाट खसेर थियो ।

दुर्घटनामा टिप्पर चालक धादिङको थाक्रे गाउँपालिकाका कमल मगर, मकवानपुरको बागमती गाउँपालिकाका राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिकाका कृष्णलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरको बागमती गाउँपालिकाका रमेश मगर घाइते भएका छन् ।

प्रतिक्रिया